काठमाडौं । सरकारले नेपाल खानेपानी संस्थानको महाप्रबन्धकमा अर्जुनबाबु ढकाललाई नियुक्त गर्ने निर्णय गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले गोरखाका ढकाललाई महाप्रबन्धकमा नियुक्त गर्ने निर्णय गरेको हो ।
बैठकले परराष्ट्रमन्त्री आरजु राणा देउवाको जेनेभा भ्रमण समेत स्वीकृत गरेको छ ।
संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को ५८औं नियमित सत्र अन्तर्गत फागुन १२ देखि १४ गतेसम्म जेनेभामा आयोजना हुने ‘हाइलेभल सेग्मेन्ट’मा भाग लिनका लागि देउवाको भ्रमण स्वीकृत भएको हो ।