काठमाडौं । सत्तारूढ दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले पाथीभरा केबलकारका सन्दर्भमा बाहिरकाले बिथोल्न खोज्नु राम्रो नभएको बताएका छन् ।
पाथीभरामा बन्दै गरेको केबलकारबारे विवाद चुलिरहेको बेला एमाले महासचिव पोखरेलले सामाजिक सञ्जाल फेसबूकमार्फत यस्तो बताएका हुन् ।
उनले भने, 'ताप्लेजुङबासीले केबलकारसहितको पूर्वाधार विकास आवश्यक मान्दछन् भने बाहिरकाले असहमति राखेर बिथोल्न खोज्नु राम्रो होइन ।'
'ताप्लेजुङबासी आफ्नो जिल्लामा रहेको प्रसिद्ध पाथीभरालाई मुलुककै प्रमुख धार्मिक तथा सांस्कृतिक पर्यटकीय गन्तव्य बनाउने सोचका केबलकारसहितको पूर्वाधार विकास आवश्यक मान्दछन् भने बाहिरकाले असहमति राखेर बिथोल्न खोज्नु राम्रो होइन,' उनले अगाडि भने ।
पाथीभरामा बन्दै गरेको केबलकारबारे विवाद सृजना भएको छ । नो केबलकार समूहले शृङ्खलाबद्ध आन्दोलनको घोषणा गरेका छन् ।