Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

केन्द्रीय कमिटी बैठकस्थल पुगे एकीकृत समाजवादीका नेता

केन्द्रीय कमिटी बैठकस्थल पुगे एकीकृत समाजवादीका नेता

शुक्रवार , फाल्गुण ९, २०८१

काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेताहरु केन्द्रीय कमिटी बैठकमा पुगेका छन् ।

बैठक ललितपुरको प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा बिहान ११ बजेबाट सुरु हुने भनिए पनि अहिले नेताहरु आउने क्रम जारी रहेको हो।

बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालको राजनीतिक प्रतिवेदन, पार्टी नियमावली, विनियम, निर्देशिका, आचारसंहिता, पार्टीको १० औँ राष्ट्रिय महाधिवेशनको समीक्षा, आन्दोलनद्वारा पार्टी निर्माण सम्बन्धी आगामी कार्ययोजनाबारे छलफल हुनेछ।

बैठकले जनजीविका र सुशासनका सवाललाई लिएर आन्दोलनका कार्यक्रम घोषणा गर्ने तयारी छ।

यसअघि मङ्गलवार र बुधवार बिहान बसेको स्थायी कमिटी बैठकले अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदन पारित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077