Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

तत्काल कुनै पार्टीसँग एकताको सम्भावना छैन : माधव नेपाल

तत्काल कुनै पार्टीसँग एकताको सम्भावना छैन : माधव नेपाल

शुक्रवार , फाल्गुण ९, २०८१

काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कुनै पार्टीसँग एकताको सम्भावना नरहेको बताएका छन् ।

आजदेखि सुरु भएको केन्द्रीय कमिटीको दोस्रो बैठकमा सम्बोधन गर्दै अध्यक्ष नेपालले सो कुरा बताएका हुन् ।

उनले तत्काल कुनै पनि पार्टीसँग एकीकरणको सम्भावना नरहेको बताए। अध्यक्ष नेपालले पार्टी एकताबारे कुप्रचारको भ्रममा नपर्न आग्रह समेत गरे।

केही दिनअघि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र उपमहासचिव बर्षमान पुनले एकीकृत समाजवादीसँग चाँडै एकता हुने बताएका थिए।

उनले आफ्नो पार्टीलाई बलियो बनाएर लैजाने भन्दै पार्टी सशक्त बनाउन सकेमात्र क्रान्तिकारी धारको बलियो शक्ति बन्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077