Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

पार्टीबाट ‘टिके प्रथा’ सदाका लागि अन्त्य गर्नुपर्छ : झलनाथ खनाल

पार्टीबाट ‘टिके प्रथा’ सदाका लागि अन्त्य गर्नुपर्छ : झलनाथ खनाल

शुक्रवार , फाल्गुण ९, २०८१

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टीभित्र टिके प्रथा सदाका लागि अन्त्य हुनुपर्ने बताएका छन्।

केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै नेता खनालले सो कुरा बताएका हुन् । उनले पार्टी संस्थागत र विधिगत रूपमा चल्न नसकेको भन्दै अध्यक्ष माधव नेपाललक्षित कटाक्ष गरे।

नेता खनालले पार्टी निकट विद्यार्थी सङ्गठन र युवा सङ्घमा गम्भीर समस्या देखिएकाले त्यसको निकास विधि र प्रक्रिया बमोजिम दिनुपर्नेमा जोड दिए।

उनले जनसङ्गठनहरूमा ‘टिके प्रथा’ सुरु भएको भन्दै अबदेखि ‘टिके प्रथा’ सदाका लागि अन्त्य गर्नुपर्ने धारणा राखे ।

पार्टीभित्र अन्य समस्याहरू पनि रहेको खनालको भनाइ छ । ती समस्याहरू केन्द्रीय कमिटीले हल गर्छ कि अरू कसैले गर्छ ? भन्दै उनले अध्यक्ष नेपाललाई प्रश्न समेत गरे।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077