काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले सरकारले बहुदलीय लोकतन्त्र मास्न खोजेको आरोप लगाएका छन् ।
पार्टी केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले उक्त आरोप लगाएका हुन् ।
उनले कांग्रेस–एमाले नेतृत्वको सरकारले बहुदलीय लोकतन्त्रलाई चुनौती दिँदै दुई दलीय शासन व्यवस्था अघि बढाउन खोजेको बताए।
अध्यक्ष नेपालले भने,‘हाम्रो देशमा अहिले जुन सरकारले शासन गरिरहेको छ त्यसले बहुदलीय लोकतन्त्रको मान्यतालाई चुनौती दिँदै दुईदलीय शासन व्यवस्थालाई अघि बढाउन खोजिरहेको छ । दुई दलीयको नाममा एकदलीय तानाशाही लाग्ने सोचभन्दा त्यो भिन्न छैन।’
अध्यक्ष नेपालले सरकार दुई दलीय व्यवस्थाको नाममा एकदलीय तानाशाही व्यवस्था लागू गर्न खोजेको आरोप लगाए।
साना दलहरूलाई समाप्त पार्ने, प्रतिस्पर्धी दलहरूलाई नामेट बनाउने र अनेक किसिमका नियन्त्रणका तरिका अपनाएर देशलाई तानाशाही लागू गर्ने कुचेष्टा सरकारले गरिरहेको उनको भनाइ छ।