पोखरा । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले एमालेबाट समाजवादको कल्पना गर्न नसकिने बताएका छन्।
पोखरामा आयोजित तमु राष्ट्रिय मुक्ति मोर्चा नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै महासचिव गुरुङले सो कुरा बताएका हुन् ।
उनले कम्युनिष्ट आन्दोलनको माओवादी केन्द्रले मात्रै नेतृत्व गर्न सक्ने बताए।
महासचिव गुरुङले भने,‘कम्युनिस्ट आन्दोलनको नेतृत्व माओवादी केन्द्रले मात्र गर्न सक्छ, एमालेले गर्न सक्दैन । एमाले सामन्तवादको प्रतिनिधि हो, दलालहरूको पार्टी भइसकेको छ। एमालेबाट समाजवादको कल्पना गर्न सकिन्नँ, त्यसको नेतृत्व माओवादी नेतृत्वले नै गर्नुपर्छ।’
महासचिव गुरुङले जातीय समस्या वर्गीय समस्याकै भिन्नरूप भएको बताए ।