पोखरा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले कांग्रेस र एमालेले २०८४ सम्मै गठबन्धन गर्न चाहेको बताएका छन् ।
पोखरामा तमु राष्ट्रिय मुक्ति मोर्चा नेपालको राष्ट्रिय भेलाको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् ।
उनले २०८४ सालको निर्वाचनमा कांग्रेस र एमालेलाई गठबन्धन गरेर चुनाव लड्न चुनौती दिए।
अध्यक्ष प्रचण्डले भने, ‘उपनिर्वाचनमा पनि कांग्रेस-एमालेबीच गठबन्धन गरियो। उनीहरू २०८४ मा गठबन्धन गर्न चाहेका छन्। म चाहन्छु । उनीहरू मिलून्।’
अध्यक्ष प्रचण्डले माओवादी एक्लै जनताकोमा जान चाहेको जिकिर गरे ।
उनले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखले मात्र राजनीतिक स्थायित्व र भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्नसक्ने बताए।
अध्यक्ष प्रचण्डले माओवादी केन्द्र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र समानुपातिक निर्वाचन प्रणालीको पक्षमा रहेको बताए ।