Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

समाजिक सञ्जाल विधेयक माओवादीसँग मिलेर बनाएका हौं : प्रधानमन्त्री ओली

समाजिक सञ्जाल विधेयक माओवादीसँग मिलेर बनाएका हौं : प्रधानमन्त्री ओली

शुक्रवार , फाल्गुण ९, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समाजिक सञ्जालको विधेयक मस्यौदा माओवादी केन्द्रसँग मिलेरै तयार पारेको बताएका छन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । उनले उक्त विधेयकको मस्यौदा माओवादीसँगै बसेर तयार पारिएको बताए।

प्रधानमन्त्री ओलीले भने,‘केही मान्छेले आफैंले हिजो मस्यौदा गरेका हुन्, कानुन । अहिले सामाजिक सञ्जालको विषयमा जो हल्ला गर्ने, चर्का कुरा गर्ने, विरोध गरेर उफ्रिने संसदमा भएका केही पार्टीहरु छन् । खासगरि माओवादीलगायत, हामी सँगै बसेर बनाएका हौं।’

अहिले सामाजिक सञ्जाल विधेयकको विरोधमा उभिए पनि विगतमा माओवादीले सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध नै लगाएको प्रधानमन्त्री ओलीले स्मरण गराए ।

प्रधानमन्त्री ओलीले बोल्ने सबैलाई छुट भए पनि जे पनि बोल्न नपाइने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077