Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

सामाजिक सञ्जाल विधेयक हुबहु पारित हुन्नँ : गगन थापा

सामाजिक सञ्जाल विधेयक हुबहु पारित हुन्नँ : गगन थापा

शुक्रवार , फाल्गुण ९, २०८१

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले ल्याएको सामाजिक सञ्जाल विधेयक हुबहु पारित गर्न नहुने बताएका छन् ।

नेपाली कांग्रेस सूचना तथा प्रचार विभागले विराटनगरमा आयोजना गरेको ‘राष्ट्र निर्माणमा युवाको योगदान, तथ्यमा आधारित प्रचार अभियान’ कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन्।

कांग्रेस अभिव्यक्ति स्वतन्त्रतालाई खुम्च्याउनु हुँदैन भन्ने मान्यता राख्ने पार्टी भएकाले सरकारले ल्याएको सामाजिक सञ्जाल सम्बन्धी विधेयक जस्ताको तस्तै नभई परिमार्जन गरेर मात्रै पारित गर्नु आवश्यक रहेको उनले बताए ।

‘सामाजिक सञ्जाल विधेयकलाई जस्ताको त्यस्तै कांग्रेसले बोक्न सक्दैन’ थापाले भने ‘कांग्रेसको फण्डामेन्टल भ्यालुसँग नमिल्ने भएकाले यसलाई सच्याएर मात्रै कानुन बनाउँछौँ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077