अर्घाखाँची । नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले कांग्रेस र एमालेसँग तालमेल गरी चुनाव लड्दा पार्टीलाई घाटा लागेकी बताएकी छन् ।
सन्धिखर्कमा प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार सम्मलेनमा उपाध्यक्ष भुसालले सो कुरा बताएकी हुन् ।
उनले विगतका ती कमजोरीमा आत्मालोचना गर्दै आगामी चुनाव एक्लै लड्ने बताइन् ।
८४ को निर्वाचनमा माओवादीले २०६४ जस्तै मत ल्याएर देशको पहिलो शक्ति बन्ने उनको दाबी छ ।
त्यसका लागि माओवादीले अब जनतासँग माओवादी अभियान लिएर तल्लो तहसम्म जान लागेको बताइन् ।
विगतमा माओवादीलाई सहयोग गरेका, सहिद तथा बेपत्ता पारिएकाका परिवारसहित जनतासँग सम्बन्ध बलियो बनाएर माओवादी आगामी चुनावमा पहिलो पार्टी बन्नेगरी होमिएको दाबी गरिन् ।