Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

०८४ को निर्वाचनपछिको महाधिवेशन स्वीकार्य हुँदैन : शेखर कोइराला

०८४ को निर्वाचनपछिको महाधिवेशन स्वीकार्य हुँदैन : शेखर कोइराला

शनिवार , फाल्गुण १०, २०८१

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले ०८४ को चुनावपछिको महाधिवेशन स्वीकार्य नहुने चेतावनी दिएका छन्।

प्रजातन्त्र सेनानी संघका प्रतिनिधिहरुको सम्मानमा आयोजित चियापान समारोहलाई सम्बोधन गर्दै नेता कोइरालाले सो कुरा बताएका हुन् ।

पार्टी सभापति शेरबहादुर देउवालाई लक्षित गर्दै उनले ०८४ को चुनावपछिको महाधिवेशन स्वीकार्य नहुने बताए।

नेता कोइरालाले भने,’अहिले म जिल्लाजिल्लामा हिँडिरहेको छु, अहिले बजारमा ०७४ को चुनावपछि मात्रै महाधिवेशन गर्ने भन्ने कुरा आइरहेको छ। त्यो चिन्ताजनक बिषय हो। त्यो कुरा म मान्नै सक्दिनँ। तपाईंहरुले जिल्लाजिल्लामा नत्र अफ्ठ्यारो हुन्छ भनेर सम्झाउँनुपर्छ।’

उनले निर्धारित समयमै महाधिवेशन गर्नुपर्नेमा जोड दिए।

उनले महाधिवेशन समयमै गराउने वातावरण बनाउनको लागि दबाब दिनको लागि आफू निकट नेता कार्यकर्तालाई निर्देशन दिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077