Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

रविले सहकारीको रकम ठगेका छन्, सजाय हुनैपर्छ : शेखर कोइराला

रविले सहकारीको रकम ठगेका छन्, सजाय हुनैपर्छ : शेखर कोइराला

शनिवार , फाल्गुण १०, २०८१

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी ठगीमा संलग्न रहेको दाबी गरेका छन्।

काठमाडौंमा प्रजातन्त्र सेनानी संघका प्रतिनिधिहरुको सम्मानमा आयोजित चियापान समारोहलाई सम्बोधन गर्दै नेता कोइरालाले यस्तो बताएका हुन्।

नेता कोइरालाले भने,'ठगेको छ उसले । उसले सजाय पाउनुपर्छ । तर त्यसको पनि एउटा प्रक्रिया हुन्छ नि राति उठाएर लगिदिने पोखरा । र पुलिसले, गृह मन्त्रालयले यो भन्नेकी हामी प्रोटेक्शन लिन सक्दैनौं। किन लगेको थियो त ? प्रोटेक्शन दिन सक्दैन भने चितवनमा?'

लामिछानेले सहकारीको रकम ठगेको कुरामा कुनै शंका नरहेकाले सजाय पाउनुपर्ने उनको भनाइ छ ।

तर सभापति लामिछानेमाथि भएको मानव अधिकार उल्लंघनबारे सरकार पन्छिन नमिल्ने बताए।

उनले कांग्रेस कमजोर भएकाले अधिवेशन समयमै गर्न पनि नेतृत्व तहलाई दबाब दिनुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077