Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

गृहमन्त्री लेखक भन्छन् - संविधान असफल भए मुलुक गम्भिर संकटमा फस्छ

गृहमन्त्री लेखक भन्छन् - संविधान असफल भए मुलुक गम्भिर संकटमा फस्छ

शनिवार , फाल्गुण १०, २०८१

काठमाडौं । गृहमन्त्री रमेश लेखकले संविधान असफल भए मुलुक गम्भिर संकटमा धकेलिने बताएका छन्।

काठमाडौंमा सुदूरपश्चिम कानून समाजले आयोजना गरेको कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले सो कुरा बताएका हुन्।

उनले नेपालको संविधान विश्वकै उत्कृष्टमध्ये एक भएको बताए । वर्तमान व्यवस्थाको सुदृढीकरण आजको आवश्यकता भएको उनको भनाई छ ।

गृहमन्त्री लेखकले २००४ सालदेखि ७० वर्षमा सातवटा संविधान निर्माण हुनु राजनीतिक अस्थिरताको भुमरिमा रहेको पुष्टि हुने पनि बताए।

गृहमन्त्री लेखकले ०४७ सालको संविधान २०५२ सालदेखि कमजोर हुन शुरु भएको पनि बताए।

उनले पटक पटक संविधान निर्माण गर्नु गलत भएकाले वर्तमान राज्य व्यवस्था र प्रणालीलाई बलियो बनाउनु पर्नेमा जोड दिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077