Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

चन्डोलमा कांग्रेस संस्थापनका सिटौला पक्षको छुट्टै भेला

चन्डोलमा कांग्रेस संस्थापनका सिटौला पक्षको छुट्टै भेला

शनिवार , फाल्गुण १०, २०८१

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले आफ्नो समूहका नेताहरुसँग छलफल गरेका छन् ।

सिटौलाले आफ्नो समूहमा रहेका केही नेतालाई आज आफ्नै निवास चन्डोलमा बोलाएर छलफल गरेका हुन् । नेपाली कांग्रेसमा १४औँ महाधिवेशनदेखि संस्थापन पक्षसँग एकाकार भएको सिटौला समूहले फेरि छुट्टै भेला थालेको हो ।

सिटौला समूहले १३औँ महाधिवेशनदेखि कांग्रेसमा तेस्रो वैचारिक धारको पहिचान बनाएको थियो । तर, १४औँ महाँधिवेशनमा यो समूह संस्थापन पक्षसँग मिल्न पुगेको थियो ।

भेलामा केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईं, केन्द्रीय सदस्य तथा वाग्मती प्रदेशका मन्त्री कुन्दनराज काफ्ले, कोसी प्रदेशका मन्त्री भूपेन्द्र राई, पूर्वरक्षामन्त्री भीमसेनदास प्रधान, कांग्रेस वाग्मती प्रदेशका महामन्त्री राजु श्रेष्ठ, गण्डकी प्रदेशका सांसद जित शेरचन, तारकेश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जनसहितको उपस्थिति थियो ।

संस्थापन पक्षका राजनीतिक गतिविधिलाई प्रभावकारी ढंगले अघि बढाउने भेलाबाट निष्कर्ष निकालेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077