काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली ७३ वर्ष पुगेका छन् ।
बुबा मोहनप्रसाद ओली र आमा मधुको छोराका रूपमा २००८ साल फागुन ११ गते तेह्रथुमको तत्कालीन इवा गाउँ पञ्चायतमा नेकपा एमालेका अध्यक्षसमेत रहेका ओलीको जन्म भएको थियो ।
२०२२ सालमा कम्युनिष्ट राजनीतिमा लागेका ओलीले २०२६ सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता लिएका थिए।
ओली तत्कालीन नेकपा मालेको संस्थापक मध्येका एक हुन्। उनी २०७१ साल असार ३१ गते माधवकुमार नेपाललाई ४३ मतले हराउँदै एमालेको अध्यक्ष बनेका हुन् ।