काठमाडौं । नेपाली कांग्रेसकी सांसद इश्वरीदेवी न्यौपानेले पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुनाव लड्न चुनौती दिएकी छन् ।
प्रतिनिधि सभामा आकस्मिक समयमा बोल्दै सांसद न्यौपानेले उक्त चुनौती दिएकी हुन् ।
सांसद न्यौपानेले पूर्वराजा शाहलाई लडेर संसदमा आउन चुनौती दिइन् । उनले सत्तामा फर्किने मन भए चुनाव लडेर आउन आह्वान गरिन्।
सांसद न्यौपानेले भने,‘सत्तामा नै यदि फर्किने चाहना छ भने टिका लगाएर या कसैको कृपाले होइन, नागरिकले पाउने सुविधाको उपयोग गर्दै २०८४ सालको निर्वाचनमा भाग लिने हिम्मत गर्नुस्।’
पूर्वराजाका समर्थकलाई पनि यही बाटो अवलम्बन गर्न उनको आह्वान छ ।