Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

राप्रपा अध्यक्ष लिङ्देनले भने - म गणतन्त्रको विरोध होइन, राजालाई पनि स्पेश दिनुपर्छ

राप्रपा अध्यक्ष लिङ्देनले भने - म गणतन्त्रको विरोध होइन, राजालाई पनि स्पेश दिनुपर्छ

आइतवार , फाल्गुण ११, २०८१

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आफू लोकतन्त्रको विरोधी नभएको बताएका छन्।

प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै अध्यक्ष लिङ्देनले सो कुरा बताएका हुन्। उनले गणतन्त्र लुटतन्त्रमा परिणत हुन्छ भने त्यसको निरन्तर विरोध गरिरहने बताए।

अध्यक्ष लिङ्देनले भने,'नेपालमा राजालाई स्पेश दिनुपर्छ । राजासहितको प्रजातन्त्र हुनुपर्छ भन्ने पार्टीको अध्यक्ष हुँ। गणतन्त्रको विरोध गर्नु प्रजातन्त्रको विरोध गर्नु हो भन्ने अर्थमा यहाँ कुरा राखियो। तपाईंले गणतन्त्र लडेर ल्याइएको होस् अथवा विदेशीको बुइँ चढेर ल्याइएको होस्। त्यो गणतन्त्र लुटतन्त्रमा परिणत हुन्छ भने हामी त्यसको निरन्तररुपमा विरोध गरिरहन्छौं ।'

लिङ्देनले आफू राजालाई राज्य सञ्चालन र राजनीतिमा पूर्वराजालाई स्पेस दिनुपर्छ भन्ने पार्टीको अध्यक्ष भएको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077