Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

माओवादी सांसद सापकोटाले मागे प्रधानमन्त्री ओलीको राजीनामा

माओवादी सांसद सापकोटाले मागे प्रधानमन्त्री ओलीको राजीनामा

आइतवार , फाल्गुण ११, २०८१

काठमाडौं। नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन्।

प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद सापकोटाले सो कुरा बताएका हुन् ।

सांसद सापकोटाले विभिन्न घटनाक्रमले सरकार असफल भएको भन्दै वर्तमान सरकारले नैतिक रूपमा मार्ग प्रशस्त गर्नुपर्ने बताए ।

उनले नेपाल अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)को ग्रे लिस्टमा पर्नु सरकारको असफलता भएको भन्दै मार्ग प्रशस्त गर्न माग गरे।

सरकारको अकर्मण्यता र वित्तीय क्षेत्रमा सुधार गर्ने अठोटको अभावका साथै सुशासनप्रतिको उपेक्षाका कारण नेपाल लज्जाजनक अवस्थामा पुगेको उनले बताए।

यस घटनाले सरकार सम्पूर्ण रूपमा असफल भएको संकेतका रूपमा लिनुपर्ने भन्दै उनले सरकारले नैतिक रूपमा मार्ग प्रशस्त गर्नुपर्ने धारणा राखे।

उनले सरकारप्रति विश्वास र भरोसा नरहेकाले देशको इज्जत प्रतिष्ठाको रक्षाका लागि प्रतिनिधिसभाले गम्भीरतापूर्वक विशेष महत्वका रूपमा दिन ध्यानाकर्षण गराए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077