Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

चुनाव लडेर प्रधानमन्त्री बन्न पूर्वराजालाई बामदेवको सुझाव

चुनाव लडेर प्रधानमन्त्री बन्न पूर्वराजालाई बामदेवको सुझाव

आइतवार , फाल्गुण ११, २०८१

काठमाडौं । राष्ट्रिय सभा सदस्य बामदेव गौतमले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ०८४ को चुनाव लड्न सुझाव दिएका छन्।

राष्ट्रिय सभा बैठकमा बोल्दै गौतमले उक्त सुझाव दिएका हुन् । गौतमले पुनः राजा बन्ने चाहना परित्याग गरेर प्रजातान्त्रिक राजनीतिक गरी प्रधानमन्त्री बन्न पूर्वराजा शाहलाई सुझाव दिए।

‘राजनीतिक पार्टीका नेताहरूले देशको विकास, उन्नति, प्रगति गरेनन्, त्यसैले मलाई राजा बनाउ’ भन्नु उचित नहुने गौतमको भनाई छ।

गौतमले भने,‘तपाईंले पुनः राजा बन्ने चाहना परित्याग गरेर आफ्नो नेतृत्वमा एउटा प्रजातान्त्रिक राजनीतिक पार्टी खोलेर निर्वाचन आयोगमा दर्ता गराउनुस् र केही समयपछि २०८४ मा हुने निर्वाचनमा भाग लिनुस् । निर्वाचित भइ संसदबाट प्रधानमन्त्री बन्नुस् र नेपालको चौतर्फी विकास र समृद्धि कायम गरी देखाइदिनुस्।’

पुनः राजा बन्ने चाहना परित्याग गरेर आफ्नो नेतृत्वमा एउटा प्रजातान्त्रिक राजनीतिक पार्टी खोलेर निर्वाचन आयोगमा दर्ता गराइ २०८४ मा हुने निर्वाचनमा भाग लिन उनले सुझाव दिए।

निर्वाचित भइ संसद्बाट प्रधानमन्त्री बनेर नेपालको चौतर्फी विकास र समृद्धि कायम गर्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077