Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

प्रचण्डकै चकचकका कारण कांग्रेस-एमाले मिल्यौं : गगन थापा

प्रचण्डकै चकचकका कारण कांग्रेस-एमाले मिल्यौं : गगन थापा

आइतवार , फाल्गुण ११, २०८१

रोल्पा । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'कै कारण कांग्रेस–एमालेबीच सत्ता सहकार्य भएको दाबी गरेका छन्।

रोल्पाको लिवाङमा आयोजित पार्टीको दोस्रो जिल्ला सम्मेलन तथा सभामा सम्बोधन गर्दै महामन्त्री थापाले सो कुरा बताएका हुन्।

महामन्त्री थापाले प्रचण्डकै चकचक देखेपछि कांग्रेस र एमालेले मिलेर अहिलेको सरकार बनेको बताए ।

महामन्त्री थापाले भने,‘एउटा प्रसंगले हामीलाई एकठाउँमा पुर्‍यायो । अब ०८४ सालसम्म हाम्रो तर्फबाट कुनै पनि चकचक हुँदैन, कुनै पनि उपद्रो हुँदैन।’

उनले कांग्रेसले एमालेसँग गरेको समझदारी अनुसार ०८४ सम्म चल्ने पनि जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077