Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

माओवादीको जागरण अभियान झापाबाट, उद्घाटन गर्दै प्रचण्ड

माओवादीको जागरण अभियान झापाबाट, उद्घाटन गर्दै प्रचण्ड

सोमवार , फाल्गुण १२, २०८१

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले आजदेखि जनतासँग माओवादी तराई मधेश जागरण अभियान झापाबाट शुरु गर्दैछ ।

‘जनतासँग माओवादी : तराई–मधेस जागरण अभियान’को उद्घाटनका लागि पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितका शीर्ष नेताहरू हिजै झापा पुगि सकेका छन्।

दिउँसो १२ बजे कचनकवल गाउँपालिका–७बनियानी बजारमा अभियानको औपचारिक उद्घाटन अध्यक्ष प्रचण्डले गर्न लागेको हो ।

माओवादीको गत पुस २३ गते काठमाडौँमा सम्पन्न केन्द्रीय समिति बैठकले हुलाकी मार्ग केन्द्रित अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो। सोही निर्णय अनुसार सुरु हुन लागेको अभियान अन्तरगत भोलि मोरङ, १५ गते सुनसरी हुँदै १६ गते मधेस प्रदेशको सप्तरीमा कार्यक्रम हुनेछ।

मधेसका सबै जिल्लाहरु सकेर बागमतीको चितवन हुँदै गण्डकीको नवलपरासीमा सन्चालन हुने अभियान लुम्बिनी हुँदै चैत ७ गते कञ्चनपुरमा पुगेर समापन हुनेछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077