Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

सामाजिक सञ्जालमा गालिगलौचको अपसंस्कृति भित्रियो : शंकर पोखरेल

सामाजिक सञ्जालमा गालिगलौचको अपसंस्कृति भित्रियो : शंकर पोखरेल

सोमवार , फाल्गुण १२, २०८१

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली समाजमा सामाजिक सञ्जालमार्फत फैलिएको घृणा, आक्रोश र गालिगलौजको अपसंस्कृतिले देशको विकास र समृद्धिलाई असर पार्न सक्ने चेतावनी दिएका छन् ।

सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत महासचिव पोखरेलले यस्तो चेतावनी दिएका हुन् । उनका अनुसार यस्तो अपसंस्कृति स्थायी भयो भने कुनै पनि शासन व्यवस्था वा नेतृत्वले देशको अधपनलाई रोक्न सक्दैन।

“देशको विकासका लागि नेतृत्वप्रतिको विश्वास र भविष्यप्रतिको आशावाद अनिवार्य छ,” महासचिव पोखरेलले भने, “काम गर्न सक्ने नेतृत्वलाई समर्थन र प्रोत्साहनको वातावरण सिर्जना नगर्दा समाज निराशातर्फ धकेलिन्छ।”

महासचिव पोखरेलले सामाजिक सञ्जालमा देखिएको अतिवाद र असभ्य व्यवहारको आलोचना गर्दै समाजलाई सकारात्मक दिशामा लैजान सबै जिम्मेवार हुनुपर्ने बताए। “सबै नेता उस्तै हुन् भन्ने नकारात्मक सोच समाजलाई निराशातर्फ मात्र लैजान्छ,” उनले जोड दिए।

उनले समाजको नेतृत्व गर्न चाहने व्यक्ति, समूह र राजनीतिक दलहरू यस्ता मुद्दामा गम्भीर बन्नुपर्ने उल्लेख गर्दै सामाजिक सद्भाव र विश्वासको जग बलियो बनाउन आह्वान गरे।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077