Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

ज्ञानेन्द्रलाई ‘राजावादी’हरूले सुखले बस्न दिएनन्, अहिले फेरि उचालेर हैरान पारे : विष्णु रिजाल

ज्ञानेन्द्रलाई ‘राजावादी’हरूले सुखले बस्न दिएनन्, अहिले फेरि उचालेर हैरान पारे : विष्णु रिजाल

सोमवार , फाल्गुण १२, २०८१

काठमाडौं । नेकपा एमालेका केन्द्रीय कमिटी सदस्य विष्णु रिजालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई समर्थकहरूले उचालेर हैरान पारिरहेको बताएका छन् ।

सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत रिजालले ज्ञानेन्द्र सामान्य नागरिक भएका बेला ‘राजा हुनुपर्छ’ भनेर उचालेर हैरान पारिरहेको बताएका हुन् । उनले ज्ञानेन्द्र शाहलाई ‘राजावादी’हरूले राजा हुँदा पनि सुखले बस्न नदिएको आरोप लगाए ।

लेखेका छन्, 'शाहलाई ‘राजावादी’हरूले राजा हुँदा पनि सुखले बस्न दिएनन् र ‘मौसुफ त चक्रवर्ती सम्राट हो’ भनेर उचालेर राजतन्त्र समाप्त पार्ने ठाउँमा पुर्याए भने अहिले सामान्य नागरिक भएका बेला पनि आनन्दले आफ्नो व्यापार-व्यवयाय गर्न दिइरहेका छैनन् र फेरि ‘राजा हुनुपर्छ’ भनेर उचालेर हैरान पारिरहेका छन् ।'

७८ वर्षको उमेरमा छोरा पारसको अनियन्त्रित हालत, दाजुको बंश विनाशको पृष्ठभूमि र २४० वर्ष पुरानो राजतन्त्र आफ्नै हातबाट समाप्ति जस्ता घटनाले पृष्ठभूमिमा ज्ञानेन्द्रलाई नबिथोलेर परिवारका साथ बस्न दिनु नै ‘राजावादी’हरूले उनलाई सहयोग गरेको ठहर्ने रिजालको सुझाव छ।

सोही क्रममा उनले उपप्रधानमन्त्री/मन्त्री/सांसद बन्न पाउँदा संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको चर्को स्वरमा शपथ खानेहरूले गणतन्त्र फालेर राजतन्त्र फर्काउने भन्नु व्यर्थ रहेको पनि जिकिर गरे। यसबाट अरूको टेकोमा संसदमा पाएका २-४ सिट पनि अर्को चुनावमा इतिहास बन्ने रिजालको भनाइ छ।

उनले भनेका छन्, 'उपप्रधानमन्त्री/मन्त्री/सांसद बन्न पाउँदा संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको चर्को स्वरमा शपथ खानेहरूले गणतन्त्र फालेर राजतन्त्र फर्काउँछौं भन्नु हुटिट्याउँले आकाश थाम्नु जस्तै हो। यसबाट अरूको टेकोमा संसदमा पाएका २(४ सिट पनि अर्को चुनावमा इतिहास बन्छन्।'

साथै उनले राप्रपा नेपालका अध्यक्ष कमल थापा लक्षित पनि टिप्पणी गरेका छन् । '२०७० सालमा २५ सिट ल्याएका कमल थापाले बढी चुरिफुरि गर्दा ४ वर्षपछि ०७४ र त्यसपछि भोगेको हालत पुरानो भएको छैन,' उनले उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077