Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

संविधानको कार्यान्वयनपछि मात्रै पहिचानको मुद्दा सम्बोधन गर्न सकिन्छ : प्रचण्ड

संविधानको कार्यान्वयनपछि मात्रै पहिचानको मुद्दा सम्बोधन गर्न सकिन्छ : प्रचण्ड

सोमवार , फाल्गुण १२, २०८१

झापा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले संविधानको पूर्ण कार्यान्वयन गरेर पहिचानको मुद्दा सम्बोधन गर्न सकिने बताएका छन्।

जनतासँग माओवादी तराई मधेश जागरण अभियानअन्तर्गत झापामा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन्।

उनले संविधानमा उल्लेखित स्वायत्त क्षेत्र, विशेष क्षेत्र र संरक्षित क्षेत्रको अवधारणा कार्यान्वयन गर्दा धेरै हदसम्म पहिचानको मुद्दा सम्बोधन गर्न सकिने बताए।

अध्यक्ष प्रचण्डले अब पार्टीले उत्पीडित वर्ग र समुदायको एजेन्डा प्राथमिकताका साथ उठाउने नीति लिएको बताए।  बीचमा आफ्नो वर्ग र समुदायसँग टुटेको कडी जोड्न पार्टीले अभियान शुरू गरेको पनि उनले स्पष्ट पारे ।

अध्यक्ष प्रचण्डले आफ्नो पार्टी भने उत्पीडित समुदायलाई बलियो बनाएर मात्रै जनताको अधिकार बचाउन सकिन्छ भन्नेमा स्पष्ट रहेको बताए ।

त्यसका लागि उत्पीडित वर्ग र समुदाय पनि थप एकताबद्ध र बलियो बन्नुपर्ने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077