काठमाडौं । राष्ट्रिय सभाको बैठक एक साताका लागि स्थगित भएको छ।
राष्ट्रिय सभा बैठक फागुन १८ गते सम्मका लागि स्थगित भएको हो।
राष्ट्रिय सभाको बैठक आइतबार बसेको थियो । राष्ट्रिय सभाको संसदीय क्यालेन्डरमा सोमबार, मंगलबार र बुधबार बैठक बस्ने उल्लेख छ ।
यी बैठकका लागि सम्भावित कार्यसूची समेत राखिएको छ।
तर, यसबीचमा बैठक नराखेर राष्ट्रिय सभाको बैठक एक सातापछि बस्ने गरी स्थगित भएको हो ।