प्युठान । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मतदातासँग माफी मागेका छन्।
प्युठानमा आयोजित सभालाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।
महामन्त्री थापाले अघिल्लो निर्वाचनमा मतदातालाई फरक चिन्हमा मतदान गर्न लगाएकोमा माफी मागे।
महामन्त्री थापाले भने,‘अघिल्लो निर्वाचनमा यहाँ पनि हामीले गिलास चिन्हमा मतदान गर्न लगायौं । म यहाँका मतदातासँग माफी माग्न चाहन्छु।’
उनले अबको निर्वाचनमा यस्तो गल्ती नगर्ने पनि बताए ।