Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

यो सरकार असंवैधानिक गठबन्धनबाट बनेको हो : प्रचण्ड

यो सरकार असंवैधानिक गठबन्धनबाट बनेको हो : प्रचण्ड

सोमवार , फाल्गुण १२, २०८१

झापा। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले अब जनतासँगको सम्बन्ध सजीव बनाउन लागिपरेको बताएका छन्।

झापाबाट तराई–मधेश जागरण अभियानको सुरुआत गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन्।

जागरण अभियान नीरस अभियान नहुने अध्यक्ष प्रचण्डले दाबी गरे। अभियान सुरुका लागि हुलाकी राजमार्गले तराई मधेश क्षेत्रका आदिवासी जनजातिसँग जोड्ने दाबी उनले गरे ।

उनले फरक प्रसंगमा सरकार असंवैधानिक गठबन्धनबाट बनेकोसमेत आरोप लगाए ।  अध्यक्ष प्रचण्डले पूँजीपतिहरूसँग घुस खाएर यो सरकार बनेको दाबी गरे।

अध्यक्ष प्रचण्डले भने,‘नेताहरूको आपसी छलफल गरेर यो बनेको होइन, ठूला पूँजीपतिहरुले आफ्नो घरमा बोलाएर बनाएको हो । पूँजीपतिहरूको घुस खाएर बनेको सरकार हो यो ।’

उनले ठूला पूँजीपतिहरूले आफ्नो घरमा नेताहरु बोलाएर यो सरकार बनाएको बताए।

आफू नेतृत्वको सरकारले भ्रष्टाचारविरोधी अभियान चलाएपछि नेपाली कांग्रेस र नेकपा एमालेको अप्राकृतिक सरकार बनेको प्रचण्डले बताए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077