Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

ठमेलमा प्रहरीमाथि कुटपिट गर्नेलाई धरौटीमा रिहा गर्न अदालतको आदेश

ठमेलमा प्रहरीमाथि कुटपिट गर्नेलाई धरौटीमा रिहा गर्न अदालतको आदेश

सोमवार , फाल्गुण १२, २०८१

काठमाडौं । ठमेलमा प्रहरीमाथि कुटपिट गर्ने नेकपा एमाले निकट भ्रातृ संगठन अनेरास्ववियुका विद्यार्थी नेताहरूलाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले सोमबार उक्त आदेश दिएको हो।

डडेलधुराको गन्यापधुरा गाउँपालिका-५ घर भई लैनचौरमै बस्ने २२ वर्षका रमेशकुमार फुलारालाई १५ हजार धरौटी माग गरिएको छ।

अनेराश्ववियुका केन्द्रीय सदस्य कमल जोशी, ताप्लेजुङको फुङलिङ्ग नगरपालिका-१ घर भई हाल काठमाडौंको लैनचौर बस्ने २५ वर्षका दिनेश सिग्देल, गोपालबहादुर शाही र नवीनसिंह ऐरलाई १० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।

सौजन्य शाहीलाई पनि प्रतिवादी बनाइएको छ। माघ २४ गते उनीहरूसहित ६ जनाले ठमेलस्थित सडकमै हो-हल्ला गर्दै हिँडेपछि प्रहरी वृत्त दरबारमार्गको क्वीक रेस्पोन्स टीम (क्यूआरटी) प्रहरीले फेला पारेको थियो।

उनीहरूलाई सम्झाइ बुझाइ गर्न खोज्दा प्रहरी टोलीमाथि आक्रमण गरेका थिए। क्युआरटीको मोटरसाइकलसमेत तोडफोड गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077