काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रहरी समायोजन तत्काल अघि बढाउन माग गरेको छ ।
प्रतिनिधिसभाको बैठकमा सशस्त्र प्रहरी विधेयकमाथिको छलफलमा बोल्दै सांसद पूर्णबहादुर घर्तीमगरले यस्तो माग गरेका हुन् ।
उनले गृह मन्त्रीलाई प्रहरी समायोजन छिटो गर्न आग्रह गरे । उनले संघीयताको मर्मअनुसार प्रदेश सरकारको भूमिका स्पष्ट हुने गरी विधेयक संशोधन गर्नुपर्ने बताए।
सांसद विमला सुवेदीले पनि विधेयक संघीयताको मर्मअनुसार परिमार्जन गर्नुपर्ने माग राखिन् । उनले प्रदेश र स्थानीय प्रहरीबीच सहकार्य र समन्वय सुनिश्चित गर्न आवश्यक रहेको उल्लेख गरिन् ।