Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

हजारौँ वीर सहिदहरूको रगतबाट अहिलेको परिवर्तन आएको हो : प्रचण्ड

हजारौँ वीर सहिदहरूको रगतबाट अहिलेको परिवर्तन आएको हो : प्रचण्ड

सोमवार , फाल्गुण १२, २०८१

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले अहिलेको परिवर्तनमाथि प्रश्न उठाउन खोजिएको दाबी गरेका छन् ।

सोमबार झापाको कचनकवलमा सुरु भएको जनतासँग माओवादी अभियानको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले यस्तो दाबी गरेका हुन् ।

उनले अहिलेको परिवर्तन त्यत्तिकै नआएको बताए । हजारौँ वीर सहिदहरूको रगत र पसिनाबाट अहिलेको परिवर्तन सम्भव भएको उल्लेख गरे ।

माओवादीले ल्याएको अहिलेको परिवर्तनमाथि प्रश्न उठाउने गरिएको भन्दै आपत्ति जनाए । एकथरीले प्राप्त उपलब्धि खोस्न संविधानमाथि आक्रमण गर्ने गरेको अध्यक्ष प्रचण्डको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077