Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

सांसद कुँवरले भने - बयालपाटा अस्पताल बन्द हुने अवस्थामा पुग्यो, पौडेलको जवाफ - सहकार्य गछौँ

सांसद कुँवरले भने - बयालपाटा अस्पताल बन्द हुने अवस्थामा पुग्यो, पौडेलको जवाफ - सहकार्य गछौँ

सोमवार , फाल्गुण १२, २०८१

काठमाडौं । सांसद शेरबहादुर कुँवरले आर्थिक अभाव झेलिरहेको अछामको बयालपाटा अस्पतालबारे संसदमा आवाज उठाएका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा प्रतिनिधिसभा सदस्य कुँवरले ११ करोड बजेटको अभावमा उक्त अस्पताल बन्द हुने अवस्थामा पुगेको भन्दै सभामुखमार्फत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको ध्यानाकर्षण गराएका हुन् ।

उनले आवश्यक रकम तत्काल उपलब्ध गराएर निःशुल्क स्वास्थ्य उपचार सुनिश्चित गर्न ध्यानाकर्षण प्रस्ताव प्रस्तुत गरेका थिए । सांसद कुँवरले ५० शय्याको उक्त अस्पताल प्रदेशमा पूर्ण रूपमा हस्तान्तरण भइनसकेको भन्दै प्रदेश सरकारले दिँदै आएको आठ करोड बराबरको विशेष अनुदानसमेत दुई वर्षयता रोकिएको जानकारी गराए ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले उक्त विषयमा आफनो ध्यानार्कषण भएको भन्दै अस्पतालको सेवा प्रभावित हुन नदिने प्रतिबद्धता व्यक्त गरे ।

उनले अस्पतालको सेवालाई निरन्तरता दिन प्रदेश र स्थानीय तहसँग सहकार्य गरेर अघि बढने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077