Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

बागलुङमा जीप दुर्घटना : दुईको मृत्यु, पाँचजना घाइते

बागलुङमा जीप दुर्घटना : दुईको मृत्यु, पाँचजना घाइते

सोमवार , फाल्गुण १२, २०८१

बागलुङ । बागलुङको बडिगाड गाउँपालिका-९ मा पिकअप जीप दुर्घटना भएको छ ।

सोमबार बडिगाड गाउँपालिका-७ भीमगिठेदेखि वडा नं. ९ दर्लिङको खहरे जाँदै गरेको लु ३ च ५५६९ नं. को पिकअप जीप दर्लिङको सार्किपाटामा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।

५ जना घाइते भएका छन् । मृत्यु हुनेमा निसिखोला गाउँपालिका–७ चोलाङका ७५ वर्षीय खड्क बहादुर कुँवर र ढोरपाटन नगरपालिका-५ नाथुरेकी ३५ वर्षीया जुना कँडेल रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार दुवै जनाको बुर्तिबाङ अस्पतालमा उपचारको क्रममा निधन भएको हो । अन्य घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

सवारी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जीप उकालोमा ब्रेक फेल भई सडकदेखि ५०/६० मिटर तल खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077