काठमाडौँ । सरकारले ८० जना सहसचिवको सरुवा गरेको छ ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।
बैठकले बिमा कम्पनीहरूको नियामक निकाय बिमा प्राधिकरणको अध्यक्षमा शरद ओझालाई नियुक्त गरेको छ ।
यस्तै बैठकमा विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको विषयमा कुनै छलफल हुन नसकेको बताइएको छ ।
केही दिनअघि नै उर्जामन्त्री दीपक खड्काले घिसिङलाई हटाउन प्रस्ताव मन्त्रिपरिषदमा लगिसकेको स्रोत बताउँछ ।