Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

ओखलढुंगा जाँदै गरेको बस धुलिखेलको सडकमै पल्टियो, १७ जना घाइते

ओखलढुंगा जाँदै गरेको बस धुलिखेलको सडकमै पल्टियो, १७ जना घाइते

मंगलवार , फाल्गुण १३, २०८१

काभ्रेपलाञ्चोक । काठमाडौंबाट रामेछाप हुँदै ओखलढुंगा जाँदै गरेको बस धुलिखेलमा दुर्घटना भएको छ ।

धुलिखेल नगरपालिका–१० सारदा बतासेस्थित बीपी राजमार्गमा बस दुर्घटना भएको हो । दुर्घटनामा १७ जना घाइते भएका छन् ।

बागमती प्रदेश–३–०१–००५ ख ९९४२ नम्बरको बस आज बिहान अनियन्त्रित भई सडकको नालीमा पल्टिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

दुर्घटनामा घाइते हुनेमा बस चालक र सह–चालक सहित १७ जना रहेको प्रहरीले जनाएको छ । बसमा २४ जना सवार थिए ।

घाइतेहरूलाई उपचारको लागि धुलिखेल अस्पतालमा पठाइएको छ । चालक र सह–चालकको टाउकोमा गम्भीर चोट छ । ।

बस घटनास्थलमै रहेकोले राजमार्ग एकतर्फी मात्रै सञ्चालन भएको छ ।

बस रामेछापको धोबी, ढाडे हुँदै ओखलढुंगाको पोकलीका लागि गुडेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077