Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

छात्रवृत्तिमा पनि हुन थाल्यो सिट खाली, प्रधानमन्त्रीले नै गरे छिटो भन्दा छिटो आवेदन दिन आग्रह

छात्रवृत्तिमा पनि हुन थाल्यो सिट खाली, प्रधानमन्त्रीले नै गरे छिटो भन्दा छिटो आवेदन दिन आग्रह

मंगलवार , फाल्गुण १३, २०८१

काठमाडौं । सरकारले खुलाएको छात्रबृत्तिमा समेत सिट खाली हुन थालेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले नै सिट खाली भएको भन्दै आवेदन दिन आग्रह गरेपछि छात्रबृत्तिमा पनि सिट खाली हुन थालेको पुष्टि भएको हो ।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत छात्रवृत्तिका लागि आवेदन दिन विद्यार्थीलाई आग्रह गरेका छन् । शिक्षा मन्त्रालयबाट विभिन्न विषयको छात्रवृत्तिका लागि आवेदन खुलाइएकोमा आवश्यक संख्या नपुगेका भन्दै प्रधानमन्त्री ओलीले आवेदन दिन विद्यार्थीलाई अनुरोध गरेका हुन् ।

अन्डर ग्राजुएट एमबीबीएस १ जना, पोस्ट ग्राजुएट इन्जिनियरिङमा ७ जना, एग्रीकल्चरमा ३ जना, पीएचडी इन्जिनियरिङमा १ जना, भेटेरिनरीमा १ जना, आइटीमा ४ जना, मेडिकल साइन्समा २ जना र कन्जरभेसन १ जनाको सिटमा खाली रहेको छ ।

प्रधानमन्त्री ओलीले फेसबुकमा ‘जानकारीका लागि’ भन्दै लेखेको स्टाटसमा छिटो भन्दा छिटो आवेदन दिन आग्रह गरेका छन् ।

ओलीले लेखेका छन्–‘शिक्षा मन्त्रालयबाट विभिन्न विषयको छात्रवृत्तिका लागि आवेदन खुलाइएकोमा आवश्यक संख्या नपुगेका कारण अन्डर ग्रयाजुएट एमबीबीएस १ जना, पोस्ट ग्रयाजुएट इन्जिनियरिङमा ७ जना, एग्रीकल्चरमा ३ जना, पीएचडी इन्जिनियरिङमा १ जना, भेटेरिनरीमा १ जना, आइटीमा ४ जना, मेडिकल साइन्समा २ जना र कन्जरभेसन १ जनाको सिट अझै खाली रहेको सूचना पाएको छु। खाली रहेका सिटमा छात्रवृत्तिको लागि छिटो भन्दा छिटो ९एकदुई दिनभित्रै० आवेदन दिनुहोला। आवेदन पठाउने ठेगाना यहाँ राखिएको छ। [email protected]'

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077