Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

विद्यार्थीलाई केआईआईटीमै पठाउन उचित हुन्छ : रघुजी पन्त

विद्यार्थीलाई केआईआईटीमै पठाउन उचित हुन्छ : रघुजी पन्त

मंगलवार , फाल्गुण १३, २०८१

काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले ओडिसाको कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा रहेका विद्यार्थीको सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने बताएका छन् ।

संसदको शून्य समयमा बोल्दै सांसद पन्तले अहिले विद्यार्थीलाई केआईआईटीमै पठाउन उचित हुने बताएका हुन् ।

सांसद पन्तले भने, ‘सरकारले विद्यार्थीलाई सुरक्षाको ग्यारेन्टीको अनुभूति गरेर अहिले पढेको विश्वविद्यलायमा पठाउनु उचित हुन्छ।’

क्रेडिट आवर मिलाएर आएमा नेपालका काठमाडौं विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयले भर्ना लिने भनिरहेका छन् ।

सांसद पन्तले विद्यार्थीलाई क्रेडिट आवर मिलाउन समस्या हुने भएकाले अहिले जुन विश्वविद्यालयमा पढिरहेको हो त्यसैमा पठाउन उचित हुने बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077