Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

पूर्वराजालक्षित रेखा शर्माको टिप्पणी - धेरै चुरीफुरी आवश्यक छैन, पार्टी खोले हुन्छ

पूर्वराजालक्षित रेखा शर्माको टिप्पणी - धेरै चुरीफुरी आवश्यक छैन, पार्टी खोले हुन्छ

मंगलवार , फाल्गुण १३, २०८१

काठमाडौं । नेकपा माओवाद केन्द्रकी सांसद रेखा शर्माले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजनीति गर्ने भए पार्टी खोलेर मैदानमा आउन आग्रह गरेकी छन् ।

प्रतिनिधि सभा बैठकमा पार्टीको तर्फबाट बोल्दै सांसद शर्माले सो कुरा बताएकी हुन्।

सांसद शर्माले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानले पार्टी खोलेर चुनावमा भाग लिएर शासन सत्तामा पुग्ने अधिकार सबैलाई दिएको बताइन्।

सांसद शर्माले भनिन्,‘पूर्वराजलाई भन्न चाहन्छु– राजनीतिमा आउने हो भने पार्टी खोल्ने, पार्टी दर्ता गर्ने हो । राजनीतिमा आएर प्रधानमन्त्री बन्ने हो।’

संविधान निरंकुश नरहेको ख्याल गर्न पूर्वराजालाई उनको सन्देश छ ।

प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा यही फागुन ६ गते पूर्वराजा ज्ञानेन्द्रले शुभकामना दिनेक्रममा आफूहरूले शासन सत्ता छोड्नुलाई त्यागको रूपमा व्याख्या गरेका थिए ।

राजगद्दी त्यागेको विषयलाई कमजोरी नठान्न राजनीतिक दलहरुलाई उनले चेतावनी नै दिएका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077