Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

राप्रपा प्रमुख सचेतक शाहीले राष्ट्रिय सभालाई फेरि भने ‘वृद्धाश्रम’

राप्रपा प्रमुख सचेतक शाहीले राष्ट्रिय सभालाई फेरि भने ‘वृद्धाश्रम’

मंगलवार , फाल्गुण १३, २०८१

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले राष्ट्रिय सभालाई फेरि ‘वृद्धाश्रम’ भनेका छन् ।

प्रतिनिधि सभामा आम सञ्चार विधेयकमाथिको छलफलमा सांसद शाहीले राष्ट्रिय सभालाई फेरि ‘वृद्धाश्रम’ भनेका हुन् ।

सांसद शाहीले राष्ट्रिय सभाबाट पारित भएर आएको विधेयकमा कमजोरी रहेको बताए।

वैदेशिक लगानी सम्बन्धी ऐनले आम सञ्चारमा वैदेशिक लगानी ल्याउन नपाउने प्रावधान रहेको तर, आम सञ्चार विधेयममा आम सञ्चारमा वैदेशिक लगानी आउन सक्नेगरी खुला राखेको भनेर प्रश्न उठाए ।

सांसद शाहीले भने, ‘यत्तिसम्म पनि अध्ययन गरेर आउँदै भने हामीले वृद्धाश्रम नभनेर राष्ट्रिय सभालाई के भन्ने ?’

शाहीको अभिव्यक्तिमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका सांसदले आपत्ति जनाए ।

राष्ट्रिय सभालाई वृद्धाश्रम भनेपछि माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले आपत्ति जनाएका थिए।

संसदको रोष्ट्रममा बसेर राष्ट्रिय सभाबारे गरेको टिप्पणी गलत भएको उनले बताए । उनले संविधान, कानुन अनुसारको अभिव्यक्ति नरहेको भनेर सभामुखको ध्यानाकर्षण गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077