Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

२०४७ सालपछि सरकारमा रहेका सबैको सम्पत्ति छानबिन गरौं : हरि ढकाल

२०४७ सालपछि सरकारमा रहेका सबैको सम्पत्ति छानबिन गरौं : हरि ढकाल

मंगलवार , फाल्गुण १३, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले सबै नेताहरुको सम्पत्ति छानबिन गर्न माग गरेका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद ढकालले उक्त माग गरेका हुन् । उनले २०४७ सालयताका सबै नेताको सम्पत्ति छानबिन गर्न माग गरे।

लगातार शासनमा बसेकाहरूले मुलुकलाई भ्रष्टाचारको दलदलमा चुर्लुम्म डुबाएको उनको भनाइ छ।

ट्रान्सपरेन्सी इन्टरनेशनलले सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकांक बाचन गर्दै सांसद् ढकालले भने, ‘प्रधानमन्त्री रातदिन भ्रष्टाचार गर्दिनँ, भ्रष्टाचार गर्न पनि दिन्नँ भन्ने गर्नुहुन्छ । तर, उहाँकै नेतृत्वमा सरकार चलेको समयको रेकर्ड हेर्ने हो भने सबै छर्लंग भएको छ । उहाँले आफ्नालाई जोगाउँदै र विपक्षीलाई अनाहाकमा दुःख दिँदै आउनुभएको छ ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले माइक समात्नेबित्तिकै म भ्रष्टाचार गर्दिन भन्ने गरेको उल्लेख गर्दै सांसद ढकालले उनकै पालामा सुशासनमा नेपालको अवस्था कमजोर बनेको बताए।

२०४७ सालपछिका दलका नेतामाथि छानबिन गर्ने हो भने कसैले पनि टाउको लुकाउने ठाउँ नभेटिने उनले टिप्पणी गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077