काठमाडौं । प्रतिनिधिसभा बैठकबाट आमसञ्चार परिषद् विधेयक २०८१ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई स्वीकृत भएको छ ।
मंगलबार बसेको बैठकमा उक्त विधेयकमाथि सामान्य छलफल भएसँगै विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो ।
त्यसअघि छलफलका क्रममा सांसदले विधेयकको औचित्यमाथि प्रश्न गरेका थिए ।
सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रेस काउन्सिल विधेयकले सञ्चार जगत्को विद्यमान अवस्थालाई समेट्न नसकेकाले आमसञ्चार परिषद् विधेयक ल्याइएको बताए ।
प्रतिनिधिसभाको अर्को बैठक फागुन २१ गते बुधबार बोलाइएको छ ।