काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्रप्रसाद पाण्डेले नेपाल 'ग्रे लिस्ट'मा परेको विषयलाई गम्भीरतापूर्वक लिनुपर्ने बताएका छन् ।
मंगलबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
उनले प्रमुख दलका नेताहरू शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड' निरन्तर सत्तामा रहेको कुरा बिर्सन नहुने बताए ।
उनले सरकारले योजना बनाएर र सुधारका लागि गर्नुपर्ने कामको सूची बनाएर कम गर्नुपर्ने बताए ।