Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

मन्दिरमा पानी लिएर जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

मन्दिरमा पानी लिएर जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

बुधवार , फाल्गुण १४, २०८१

धादिङ । धादिङको गल्छि गाउँपालिका–३ मा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गजुरी गाउँपालिका–६ बस्ने १८ वर्षका प्रशान्त चेपाङ र सोही ठाउँका २० वर्षका जयराम चेपाङ छन् ।

दुर्घटनामा घाइते भएको उनीहरूको उपचारका क्रममा प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

बुधबार बिहान गुप्तेश्वरभिरस्थित भित्रि कच्ची सडकमा आदमघाटबाट गुप्तेश्वर मन्दिरमा पानी लिएर जाँदै गरेको बा.प्र ०१–००४ क ३३५२ नम्बरको ट्याङकर ब्याक गर्ने क्रममा अनियन्त्रित भई सडकबाट करिब पाँच सय मिटर तल खसेको थियो ।

दुर्घटनामा गजुरी ६ बस्ने १९ वर्षका सिरिश चेपाङ र १७ वर्षीय सुरेस चेपाङको जिल्ला अस्पताल धादिङमा उपचारपछि थप उपचारका लागि काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077