काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालले समाजको सुखी खोसिरहेको बताएका छन्।
डिजिटल अपराध नियन्त्रणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्।
उनले अहिले प्रविधिको दुरुपयोग भइरहेको बताए। प्रधानमन्त्री ओलीले डिटिजल युगमा अपराधीह यसको सहायताबाट अपराध गर्न उद्दत भइरहेको बताए।
भलाइ र मानवीय सुखका लागि प्रविधिको प्रयोग हुनुपर्ने भए पनि यसको सदुपयोग भइरहेको प्रधानमन्त्री ओलीको भनाइ छ ।
प्रविधिले सुविधा दिएसँगै यसबाट अनुचित लाभ लिन खोज्ने र अपराध गर्नेहरु पनि रहेको उनले बताए ।