Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

गोवाका मन्त्रीले पशुपतिमा सुन दान गर्न चाहेको पर्यटनमन्त्री पाण्डेको दाबी

गोवाका मन्त्रीले पशुपतिमा सुन दान गर्न चाहेको पर्यटनमन्त्री पाण्डेको दाबी

बिहिवार , फाल्गुण १५, २०८१

काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले गोवाका मन्त्रीले पशुपतिमा सुन दान गर्न चाहेको बताएका छन् ।

धार्मिक,सांस्कृतिक पत्रकार समाज, नेपालको आज पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिर परिसरमा शुभारम्भ गर्दै उड्डयनमन्त्री पाण्डेले यस्तो बताएका हुन् ।

उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाललाई धार्मिक भावले बलियो बनाउने बताए। उनले मानिसलाई आत्मानुशासनमा ल्याउन धार्मिक भाव र लोकतान्त्रिक भाव आवश्यक पर्ने बताए ।

सुन लिएर व्यवस्थित गर्ने कार्यविधि नभएका कारण समितिले अध्ययन गरेर आवश्यक कानुन निर्माण गरी दाताबाट सुन लिएर त्यसको सदुपयोग गर्ने उनले बताए ।

पर्यटनमन्त्री पाण्डेले भने , 'गोवाका मन्त्रीले नै सुनदान गर्न चाहनुभएको छ,पशुपति क्षेत्रमा दानको सदुपयोग हुन्छ।'

धार्मिक भाव र लोकतान्त्रिक भावले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाललाई सबल बनाउने मन्त्री पाण्डेको भनाइ थियो। पशुपतिनाथ मन्दिरलाई सुन दान गर्ने दाता आउन थालेको उनले यस्तो बताए ।

मन्त्री पाण्डेले त्यसलाई व्यवस्थित गर्न पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्बाट समिति गठन गरिएको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077