Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

नेविसंघ मोरङका सभापति सरोज पोखरेलमाथि कुटपिट

नेविसंघ मोरङका सभापति सरोज पोखरेलमाथि कुटपिट

बिहिवार , फाल्गुण १५, २०८१

विराटनगर । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) मोरङका सभापति सरोज पोखरेलमाथि कुटपिट भएको छ ।

पोखरेललाई विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसमा नेविसंघकै नेता–कार्यकर्ताले कुटेका हुन्।

झडपमा परेर नेविसंघ सभापति पोखरेल र आयुष दाहाल घाइते भएका छन् । उनीहरुको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचार भइरहेको छ ।

महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष जसवन्त पौडेलको नेतृत्वमा नेविसंघ जिल्ला सभापति पोखरेलमाथि कुटपिट भएको बताइएको छ ।

कुट्ने स्ववियु सभापति पौडेल कांग्रेस संस्थापन पक्ष र कुटिने पोखरेल डा। शेखर कोइराला पक्षका हुन्। पोखरेल आसन्न स्ववियु चुनावको तयारीको क्रममा संगठन विस्तारका लागि कलेजमा पुगेका थिए।

सोही क्रममा पौडेल पक्षका विद्यार्थीहरूले उनलाई रोकेका थिए । त्यसक्रममा भनाभन भएपछि स्ववियु सभापति पौडेलसहितको समूहले पोखरेललाई लछारपछार पार्दै कुटपिट गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077