काठमाडौं । देशभरका प्रत्येक खानेपानी प्रणालीमा गुणस्तरीय पानी सुनिश्चित गर्न क्लोरिन डोजिङ युनिट अनिवार्य रूपमा जडान गरिने भएको छ।
खानेपानीमन्त्री प्रदीप यादवले बिहीबार उक्त निर्णय गरेका हुन् । उनले अब कुनै पनि खानेपानी प्रणाली क्लोरिनेसन प्रक्रिया बिना सञ्चालन गर्न नपाइने बताए ।
उनले सरकारले खानेपानीको गुणस्तर सुधारका लागि दीर्घकालीन योजना बनाइसकेको उल्लेख गर्दै भने, ‘खानेपानी मात्र पर्याप्त हुँदैन, गुणस्तरीय र सुरक्षित हुनु पनि जरुरी छ। सुरक्षित पिउने पानी जनताको आधारभूत अधिकार हो, र सरकार त्यसको प्रत्याभूति गर्न कटिबद्ध छ।’
नेपाल सरकारले सन् २०३० भित्र ९९ प्रतिशत जनसङ्ख्यालाई सुरक्षित पिउने पानीको पहुँचमा ल्याउने लक्ष्य लिएको छ।