काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवा चढेको जहाज कोलकाता डाइभर्ट भएको छ ।
दोहाबाट काठमाडौं आएको कतार एयरवेजको जहाज खराब मौसमका कारण कोलकाता डाइभर्ट भएको हो।
काठमाडौंमा ओर्लन धेरै कोसिस भए पनि मौसमले साथ नदिएपछि कोलकाता लगिएको थियो ।
जेनेभामा राष्ट्रसंघको बैठकबाट राणा स्वदेश फर्कदै थिइन्।
त्यस्तै मलेसियाको क्वालालुम्पुरबाट आएको नेपाल एयरलाइन्सको जहाज दिल्ली डाइभर्ट भएको छ ।
त्यस्तै चीनको तियान्फुबाट आएको सिचुआन एयरलाइन्सको जहाजको तिब्बतको ल्हासा डाइभर्ट भएको छ ।
अहिले भने मौसममा सुधार आएसँगै अन्तर्राष्ट्रियतर्फ उडान सुरु भएको कार्यालयले जनाएको छ ।