Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

प्रचण्ड भन्छन् - माओवादी नै सक्कली मधेशवादी हो

प्रचण्ड भन्छन् - माओवादी नै सक्कली मधेशवादी हो

शुक्रवार , फाल्गुण १६, २०८१

सप्तरी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सक्कली मधेशवादी माओवादी नै भएको दाबी गरेका छन्।

जनतासँग माओवादी, तराई मधेश जागरण अभियान अन्तर्गत सप्तरीको राजविराजमा आयोजित कार्यक्रमा बोल्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन्।

उनले अब सक्कली र नक्कली मधेशवादी छुट्याउने समय आएको बताउँदै माओवादी नै सक्कली मधेशवादी भएको दाबी गरे।

अध्यक्ष प्रचण्डले मधेशवादी भनिएका दलहरूको गतिविधि जनतातिर वा मधेशको हिततर्फ नभएको आरोप लगाए।

माओवादी जनयुद्धकै पृष्ठभूमिमा मधेश आन्दोलन सम्भव भएको पनि अध्यक्ष प्रचण्डको भनाइ छ ।

मधेशवादी दल बिस्तारै विघटनतर्फ हिँडेको र जनतासँग गरेको प्रतिबद्धता पूरा गर्न सक्ने स्थितिमा देखा नपरेको समेत उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077