Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

गृहमन्त्री लेखकले भने - सरकारले ल्याएका सबै अध्यादेश सहमतिमै पारित हुन्छन्

गृहमन्त्री लेखकले भने - सरकारले ल्याएका सबै अध्यादेश सहमतिमै पारित हुन्छन्

शुक्रवार , फाल्गुण १६, २०८१

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सरकारले ल्याएका सबै अध्यादेश सहमतिमै पारित हुने बताएका छन् ।

नेशनल प्याव्सनको ८ औं राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै गृहमन्त्री लेखकले सो कुरा बताएका हुन्। उनले सरकारले जारी गरेको अध्यादेश सदनले स्वीकार गर्ने दावी गरे।

गृहमन्त्री लेखकले प्राविधिक र प्रक्रियात कारणले अध्यादेश प्रतिस्थापन गर्न ढिलाइ भएको भन्दै समयभित्रै अध्यादेशलाई अघि बढाउने र सदनले स्वीकार गर्ने बताए।

उनले मुलुकमा सुशासन कायम गर्न र आर्थिक अवस्थालाई चलायमान बनाउन अध्यादेश ल्याएको बताए।

अहिलेको समीकरण केही नेताहरूलाई प्रधानमन्त्री र मन्त्री बनाउनको लागि मात्रै नबनेको उनले बताए ।

उनले देशमा दिगो शान्ति,सुशासन र समृद्धिको यात्रा तय गर्न अहिलेको गठबन्धन बनेको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077